काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)मा नेपालमा विदेशबाट ८ अर्ब ५३ करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ। 

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोज महिनासम्मको अवधिमा ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँबराबरको स्मार्टफोन आयात भएको हो। यो अवधिमा ६ लाख १८ हजार ५२० पिस स्मास्र्टफोन भित्रिँदा आयातकर्ताले १ अर्ब ५९ करोड २२ लाख ३० हजार रुपैयाँ राजश्व बुझाएका छन्। 

नेपालमा ४४ देशबाट स्मार्टफोन आयात भएका छन्। जसमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको छ। चीनबाट मात्रै ४ लाख ६८ हजार ४६१ पिस स्मार्टफोन ६ अर्ब १८ करोड ६६ लाख २९ हजार रुपैयाँबराबरको आयात भएको छ। 

त्यस्तै भारतबाट २ अर्ब १२ करोड ३८ लाख ५६ हजार रुपैयाँबराबरको १ लाख ४६ हजार ८८० हजार पिस स्मार्टफोन आयात भएको छ। 

कुन देशबाट कति स्मार्टफोन भित्रिए ? तल हेर्नुहोस्-