काठमाण्डौ । धरान उपमहानगरपालिकाको पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेदवारले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पारेका छन्। 

धरान उपमहानगरपालिकामा मेयरका लौरो चिह्नमा हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले सत्ता गठबन्धन र एमालेका उम्मेदवार पछि पार्दै आग्रता हासिल गरेका हुन्। 

पछिल्लो मत परिणामअनुसार साम्पाङले ८ हजार ४६ मतका साथ अग्रता हासिल गरेका छन्। उनले निकटतम प्रतिद्वन्द्व गठबन्धनका तर्फका कांग्रेसका उम्मेदवार किशोर राईलाई ५० मतान्तरले पछि पारेका छन्। राईले ७ हजार ९९६ मत प्राप्त गरेका छन्। 

धरानमा एमाले उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ६१० मत ल्याएकी छन्। उनी तेस्रो स्थानमा छिन्।