काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको छ।
सीएनएनमा प्रकाशित समाचारअनुसार माग घट्न थालेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको हो।
अमेरिकी तेल २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८८.५४ डलर कायम भएको छ। यो गत फेब्रुअरी २ पछिको सबैभन्दा कम हो। विश्व बेन्चमार्क ब्रेन्ट कच्चा तेलको भाउ लगभग ३ प्रतिशत घटेको छ।
अमेरिकाको सरकारी प्रतिवेदनका अनुसार बुधबार कच्चा तेल र पेट्रोल दुवैको भण्डारण अप्रत्याशित रुपमा बढेको छ। जसले माग घटेको संकेत गर्छ। यही कारणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको हो।
रुसले युक्रेनमा आक्रमण गरेपछि गत ८ मार्चमा तेलको मूल्य हालसम्मकै उच्च प्रतिब्यारल १२३.७० पुगेको थियो। हाल उक्त उच्च मूल्यबाट २८ प्रतिशत घटेको छ। –एजेन्सी
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago