काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारल ९० डलरभन्दा तल झर्न सक्ने अनुमान गर्न थालिएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा लगातार गिरावट आइरहेको छ। अहिले तेलको भाउ प्रतिब्यारल ९५ डलरभन्दा तल झरेको छ।
दुई हप्ताअघि विश्वकै ठूलो तेल उत्पादक साउदी अरेबियाले कच्चा तेलको भाउ बढ्न सक्ने संकेत गरेको थियो। उसले ओपेक प्लसले कुनै पनि समयमा र कुनै पनि रुपमा तेल उत्पादन कटौती गर्ने निर्णय लिन सक्ने जनाएको छ।
तेल उत्पादक देशहरुको यो संगठनले ब्रेन्ट कच्चा तेलको मूल्य १०० डलरभन्दा माथि लैजान यस्तो संकेत गरेको थियो। तर, यो साता चीनका विभिन्न सहरमा लगाइएको लकडाउनले मन्दी आउने सक्ने संकेत गरेको छ।
अर्कोतर्फ महँगी नियन्त्रण गर्न फेड रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गर्ने अनुमान गरिएको छ।
यी दुवै कारणले मागमा कमी आई कच्चा तेलको मूल्य ९० डलरभन्दा तल आउने सम्भावना रहेको विशेषज्ञहरुले बताएका छन्। –एजेन्सी
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago