काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले तेल कम्पनीहरुले युक्रेन–रुस युद्धको फाइदा उठाएको आरोप लगाएका छन्।

बाइडेनले तेल कम्पनीहरुले तेलको मूल्य नघटाए आफूमाथि कर बढाउन दबाब बढ्ने पनि बताएका छन्। 

शीर्ष तेल कम्पनीहरु एक्सोन मोबिल र शेभरनले केही दिनअघि आफ्नो कमाइको नतिजा सार्वजनिक गरेका थिए। ती नतिजाबाट कम्पनीहरुले युक्रेन–रुस युद्धको समयमा बम्पर कमाइ गरेको तथ्य बाहिर आएको छ। 

युक्रेनमा युद्ध सुरु भएदेखि नै विश्वभर तेलको मूल्यबाट प्राकृतिक ग्यासको मूल्यमा ठूलो उछाल आएको छ।

बाइडेनले तेल कम्पनीहरुले युद्धबाट धेरै फाइदा उठाएको बताएका छन्। उनले भने, ‘तेल कम्पनीहरुले युद्धको फाइदा उठाउन छोडेर अमेरिकी जनतालाई राहत दिने समय आएको छ।’ –एजेन्सी