काठमाण्डौ । साउदी अरबले तेल उत्पादनमा लिइएको निर्णयले ओपेक प्लस देशहरुबीच भएको सहमतिलाई प्रतिबिम्बित गर्ने र यस वर्ष तेल उत्पादन नबढाउने आफ्नो हालको नीति सही रहेको विश्वास व्यक्त गरेको छ।
रुसमाथि प्रतिबन्ध लगाएपछि अमेरिकाले साउदी अरबमाथि तेल उत्पादन बढाउन दबाब दिइरहेको बेला साउदीको यस्तो बयान सार्वजनिक भएको हो। यो बयानलाई निकै महत्वका साथ हेरिएको छ।
गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि साउदी अरेबियाको भ्रमण गरी मोहम्मद बिन सलमानलाई तेल उत्पादन बढाउन आग्रह गरेका थिए। तर, यसको प्रभाव लामो समयसम्म रहन सकेन र साउदी अरबले तेल उत्पादन बढाएन।
रुस–युक्रेन युद्धपछि बाइडेन प्रशासन र जी–७ देशहरुले तेल निर्यातबाट आय कम गर्न रुसी तेलमा मूल्य प्राइस क्याप लगाएका छन्। रुसले ओपेक प्लस देशको उत्पादन नबढाएर बढी आम्दानी गर्नेछ।
तेल उत्पादक राष्ट्रहरुको ओपेक प्लस समूहको नेतृत्वमा रुस छ। उता साउदी अरेबियाको ओपेक देशहरुमा वर्चस्व छ। साउदीमाथि तेल उत्पादनको मामिलामा रुसको लाइनमा रहेको आरोप लागेको छ।
साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले लन्डनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘हामीले सधैँ स्थिर बजारका लागि प्रतिबद्ध छौँ भन्ने कुरा भनेका छौँ। यसको आवश्यकता छैन।’
फराहनले थपे, ‘ओपेक र ओपेक प्लस देशहरुबीचका सम्पूर्ण निर्णयहरु सबै साझेदारहरुसँग व्यापक परामर्श पछि लिइन्छ। ओपेक प्लस देशहरुले रेकर्डमा राखेका सबै कथनहरुले सहमतिलाई प्रतिबिम्बित गर्दछ।’ –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago