काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ७ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकलाई ७ करोड ५८ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले सञ्चालन मुनाफाबाट ६ करोड ६ लाख रुपैयाँ आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४.०४ प्रतिशतले बढेर १६ करोड ७० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १५ करोड ५ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले तेस्रो त्रैमाससम्म ४ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा बैंकले ४ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिसम्म बैंकको रिटेन अर्निङ १३ करोड ४५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा बैंकको रिटेन अर्निङ ६ करोड १ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
बैंकले खराब कर्जा अनुपात (एनपीएल) ह्वात्तै बढेर १०.७२ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल २.८५ प्रतिशत थियो।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.८ रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ६.८ रुपैयाँ थियो। बैंकको प्रतिसेयर नेटवर्थ ९८.०४ र तरलता अनुपात ६०.६५ प्रतिशत रहेको छ।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago