काठमाण्डौ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ५ करोड ६४ लाख रुपैयाँ घाटा व्यहारेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ३४.३९ प्रतिशतले घटेर ११ करोड ५४ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीको कुल खर्च बढेर १६ करोड ९६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको खर्च १५ करोड ३७ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको कम्पनीको ईपीएस ३.८९ रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ १००.५२ रुपैयाँ रहेको कम्पनीको आरओई ०.५२ प्रतिशत रहेको छ।