काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनि वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले खुद बीमाशुल्क ७ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ६ अर्ब ५३ करोड र जीवन व्यवसायबाट १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। 

अघिल्लो वर्ष सोही अवधिसम्मको तुलनामा ३२.७९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष अवधिसम्म कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड रुपैयाँ र जीवन व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ गरी ५ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको निर्जीवन र जीवन व्यवसायबाट कुल लगानी, कर्जा तथा अन्यबाट हुने आय ४० करोड ९१ लाख रुपैयाँ रहेको छ। यस्तो आय गत वर्ष ३१ करोड ६ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले यस्तो आय पनि ३१.७१ प्रतिशतले बढेको छ। 

यो अवधिसम्म कम्पनीले निर्जीवन र जीवन व्यवसायमा गरी ४ अर्ब ६ करोड रुपैयाँ खुद दाबीभुक्तानी गरेको छ। जुन गत वर्ष १ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो। 

तेस्रो त्रैमाससम्म कम्पनीले निर्जीवन व्यवसायबाट ६० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने जीवन व्यवस्थाबाट २ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनील्े निर्जीवन व्यवसायबाट ८२ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने जीवन व्यवसायबाट १० करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

कम्पनीको जगेडाको आकार निर्जीवन व्यवसायमा ३ अर्ब ५१ करोड रुपैयाँ र जीवन व्यवसायमा ५९ करोड ५ लाख रुपैयाँ गरी कुल ४ अर्ब ५० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन र जीवन व्यवसायमा गरी जगेडामा कुल ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। 

चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। गत वर्ष बीमा कोषमा २ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६.५५ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १२.३४ रुपैयाँ रहेको थियो। पीई रेसियो १५७.२१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६०.५१ रुपैयाँ रहेको छ।