काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८८ अर्ब रुपैयाँ आन्तरिक उठाउने भएको छ।
राष्ट्र बैंकले आन्तरिक ऋणको तालिका सार्वजनिक गर्दै माघदेखि चैतसम्म ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने जानकारी गराएको हो। दोस्रो त्रैमासमा भने सरकारले ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।
सरकारले तेस्रो त्रैमासमा ट्रजरी बिलमार्फत ६० अर्ब, विकास ऋणपत्रमार्फत २५ अर्ब, नागरिक बचतपत्रमार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्रमार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो। ट्रेजरी बिल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुन्छ।
सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। सोही लक्ष्यअनुसार तीन चरणमा सरकारले आन्तरिक ऋण उठाउन लागेको हो।
चौथो त्रैमासमा भने सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ।
सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउन थालेको हो। पहिलो त्रैमासमा भने आन्तरिक ऋण उठाइएको थिएन।
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago