काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो । 

आइपीओमा आवेदन दिएकामध्ये ७४ हजार ४०० ले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी सबैको हात खालि भएको छ । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरिएबाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो । यही कित्ता खरीदका लागि आवेदन दिएका २३ लाख ५५ हजार ४४७ मध्ये ७४ हजार ४०० ले मात्र १० कित्ताको दरले सेयर पाएका हुन् । 

आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध गरिएको थियो । यसरी हेर्दा २३ लाख ४६ हजार ६२७ सदर आवेदकबाट २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता खरीदका लागि आवेदन परेको देखिन्छ । यसरी हेर्दा कुल सदर आवेदकमध्ये ३.१७ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ९६.८३ प्रतिशत आवेदकको हात रित्तो भएको छ । 

तेह्रथुम पावरले भदौ ९ गतेदेखि आइपीओमा आवेदन खुलाएको थियो । भदौ १३ गतेसम्म आवेदन दिनसकिने व्यवस्था मिलाइएको थियो । 

आइपीओमा आवेदन दिएकाहरुले आफूलाई आइपीओ परे या नपरेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट तथा मेरो सेयरको आइपीओ नतिजा हेर्ने वेबपोर्टलमा गएर केहीबेरपछि रिजल्ट हेर्न सक्नेछन् ।