काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ५ लाख १२ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड २५ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा विद्युत बिक्रीको आम्दानी १०२.६० प्रतिशतले बढेको छ। 

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ९ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा रिजर्भ ९ करोड ३२ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.१७ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ रहेको कम्पनीको तरलता अनुपात ०.९८ प्रतिशत रहेको छ।