काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। 

सभामा सञ्चालक समितिको निर्वाचन गरिनेछ। सभाले कम्पनीको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। 

सभाबाट स्वीकृत प्रस्तावहरु नियमनकारी निकायबाट संशोधन र परिवर्तन तथा कुनै किसिमको निर्देशन वा कैफियत भएमासोसमेलाई मिलाई संशोधन वा परिवर्तन गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर २५ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनी सभामा भाग लिन योग्य हुन्छन्।