काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफामा ९६.१४ गिरावट आएको छ। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४.२४ प्रतिशतले घटेर ८ करोड १७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट ८ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ भने ९ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ ८ करोड १ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ०.३३ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ८.५९ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ रहेको छ।