काठमाण्डौ । सुन–चाँदीको भाउ बिहीबार पनि ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँमा झरेको छ। 

हिजो पनि सुनको भाउ तोलमा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले चाँदी १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।