काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब विमानस्थलबाट छिर्न अनिवार्य रुपमा प्रिन्टेड टिकट देखाउनुपर्ने भएको छ।
विमानस्थल कार्यालयका अनुसार अब पीएनआर नम्बरमात्रै देखाएर विमानस्थल छिर्न पाइने छैन।
विमानस्थल छिर्न मोबाइलमा डाउनलोड गरिएको टिकट वा प्रिन्टेड टिकट अनिवार्य गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यसअघि कतिपय यात्रुहरु पीएनआर नम्बरमात्रै देखाएर विमानस्थल छिर्दै आएका थिए। यसले व्यक्तिको नाम, ठेगानालगायत विवरण पूरै नखुल्ने हुँदा यो व्यवस्था लागू गरिएको कार्यालयले स्पष्ट पारेको छ।
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago