काठमाण्डौ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख( महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई निलम्बन गर्ने भएको छ । 

केही दिनअघि ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग बार्गेन गरेको श्रब्य सामग्री सार्वजनिक भएको थियो । सार्वजनिक हुनुअघि त्यो श्रव्यसामाग्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पुगेको थियो । 

ठाकुर विगत २ वर्षदेखि विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए । 

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार विवादास्पद सो प्रकरणको सत्यतथ्य पत्ता लगाउनका लागि जाँचबुझ आवश्यक रहेको र सोही क्रममा ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीलाई निर्देशन दिइएको छ । 

मन्त्रालयले यो विषयमा गम्भीर अनुसन्धान थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत सहयोग मागेको छ ।