काठमाण्डौ । त्रिभुुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा ठूलो संख्यामा खुला प्रतिस्पर्धा कर्मचारी पदपूर्तिका लागि आइतबार दरखास्त आह्वान गरिएको छ ।

आयोगले कार्यालय सहायकदेखि उपप्रशासकसम्म तथा प्राविधिक कर्मचारी गरी ४११ जना खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागेको हो । आयोग सबैभन्दा बढी स्टाफ नर्समा ७७ जनाका लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै कार्यालय सहायक ५१ जना र मुख्य कार्यालय सहायक ४३ जनालाई दरखास्त खुलाइएको छ ।

यसैगरी ४० जना शाखा अधिकृत मागेको आयोगले उपशाखा, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत, मुख्य लेखा सहायक, लेखा सहायक, पुस्तकालय अधिकृत, नर्सिङ अधिकृतमा क्रमशः ४, २, १५, २१, १८, २६ र १० जनालाई दरखास्त खुलाएको छ ।

यसैगरी आयोगले मुख्य प्राविधिक सहायक (प्याथोलोजी)  र प्राविधिक सहायक (प्रयोगशाला) का लागि ११/११ जना माग गरेको छ भने प्राविधिक सहायक (कम्प्युटर) मा १८ जना र मुख्य प्राविधिक सहायक (कम्प्युटर) मा ८ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । प्राविधिक सहायक (इलेक्ट्रिसिटी) र (प्लम्बिङ) मा पनि ६/६ जनाका लागि पदपूर्ति गर्न लागिएको छ ।

यसैगरी अन्य थुप्रै पदमा पनि कर्मचारी पदपूर्तिका लागि दरखास्त खुलाइएको छ ।

दरखास्त त्रिवि सेवा आयोगको वेबसाइटमा अनलाइन आवेदन दिने पर्नेछ । अनलाइन आवेदन दिने अन्तिम म्याद पुस १९ गतेसम्म तोकिएको छ ।

उल्लेख पदहरुका लागि आवश्यक न्युनतम योग्यता र अन्य विवरण सेवा आयोगको वेबसाइटमा राखिएको छ ।