काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले विभिन्न विषयका लागि यी ३ पदमा खुला प्रतियोगिताद्वारा कुल ५८४ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। आयोगले विभिन्न विषयमा १४ जना प्राध्यापकका लागि दरखास्त खुलाएको छ। त्यस्तै आयोगले सहप्राध्यापक २४ र उपप्राध्यापक ५४६ जना पदपूर्ति गर्ने भएको हो। 

योग्यता पुगेका नपाल नागरिकहरुले फागुन ९ गतेदेखि चैत १४ गते रातको १२ बजेसम्म तथा दोब्बर दस्तुर तिरेर चैत २१ गते राति १२ बजेसम्म त्रिवि सेवा आयोगको वेबसाइटबाट अलाइन आवेदन पेस गर्न सक्नेछन्। 

थप जानकारी र अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस्।