काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले यही पुस २६ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बैंक्वेजमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (घ)मा व्यवस्था भएबमोजिम जारी पुँजी २ अर्ब ४७ करोडमध्येबाट समूह ‘ख’ मा रहने सर्वसाधारण समूहका लागि छुट्याइएको सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। जसअनुसार आयोजना रहेको नुवाकोट र रसुवा जिल्लाका स्थानीय तयहरुलाई ५ प्रतिशतले हुन आउने १२ लाख ३५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र नुवाकोट तथा रसुवाका स्थानीय बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने २४ लाख ७० हजार कित्ता, जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले आयोजना रहेको नुवाकोट र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुले संस्थापना गरेका कम्पनीहरुलाई ५ प्रतिशतले हुन आउने १२ लाख ३५ हजार कित्ता र सेयरधनी सम्झौता भएको बखतदेखि सेयर निष्कासन गरेका बखतसम्म नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनीमा कार्यरत कर्मचारीहरु (संस्थाहरुको कर्मचारी संख्याका आधारमा समानुपातिक)लाई प्रतिशतले हुन आउने १२ लाख ३५ हजार कित्ता सेयर निष्कासन गरिने विशेष प्रस्ताव पारित हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस १७ गते सेयर दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन्।