काठमाण्डौ । पछिल्लो २४ घन्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो। हिजो शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको थियो। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  जसमा काठमाण्डौमा २ हजार ८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जना छन्। 

यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। 

हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन्।