काठमाण्डौ । पछिल्लो २४ घन्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो। जसमा १० हजार ७०३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ। 

यो अवधिमा ७६६ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। 

हालसम्म एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जनालाई संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् भने ११ हजार ६३५ जनाको मृत्यु भएको छ।