काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा कुल १० हजार ९५६ जनामा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमा पीसीआर विधिबाट १ हजार ४२१ जनामा र एन्टिजेन विधिबाट १ हजार २१ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा ५४८ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौका ४५० जना, ललितपुरका ५३ जना र भक्तपुरका २५ जना छन्।

यो अवधिमा थप ३ हजार ४५६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ५१ जनाको निधन भएको छ।