काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सार्वजनिक गरेको पछिले २४ घन्टाको तथ्यांकअनुसार पीसीआर परीक्षणबाट १ हजार ९६३ र एन्टिजेन परीक्षणबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

पछिल्लो २४ घन्टामा थप ४ हजार २० जना निको भएर डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको कुल संख्या ५ लाख ४९ हजार ६८२ जना पुगेको छ। निको हुने दर ८९ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या घटेर ५९ हजार ६२४ मा झरेको छ। 

पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाबाट ८ हजार ६४१ जनाको ज्यान गइसकेको छ।