काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको थप ३३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ५३२ जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख हजार २ पुगेको छ।

पछिल्लो २४ घन्टामा उपत्यका तीन जिल्लामा मात्रै १४ जनामा कोरोना पुष्टि भएको छ। जसमा काठमाण्डौमा १, ललितपुर ११ र भक्तपुरमा ५ जना रहेका छन्। 

यो अवधिमा देशभर थप १४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार २७ पुगेको छ।

देशभर हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४० रहेको छ।