काठमाण्डौ । नेपालमा कोरोना संक्रमणको मामिला घट्दो क्रममा रहेको छ। 

पछिल्लो २४ घन्टाको तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको मामिला घट्दो क्रममा रहेको पुष्टि गर्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार देशभर थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो अवधिमा देशभर थप ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्। 

हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा देशभर थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।