काठमाण्डौ । देशभर पछिल्लो २४ घन्टाको अवधिमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार मुलुक १४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ जनामा र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ। 

पछिल्लो २४ घन्टामा काठमाण्डौ उपत्यकामा मात्रै थप १ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाण्डौ जिल्लाका मात्रै १ हजार ६०२ जना, ललितपुर २४० जना र भक्तपुरका १२४ जना छन्।

पछिल्लो २४ घन्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १९४ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या भने हालसम्म २ लाख ७८ हजार ५०६ रहेको छ। 

अझै देशभर २६ हजार २२५ जना संक्रिय संक्रमित छन्।