काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा ४६० जना र ८१७ जना एन्जीजिन परीक्षण गर्दा ५७ जना गरी कुल ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो संख्यामा २०१ जना उपत्यकाका मात्रै छन्। जसअनुसार काठमाण्डौमा १६१ जना, ललितपुरमा २८ जना र भक्तपुरमा १२ जना छन्। 

हालसम्म कोरोना संक्रमितको संख्या भने २ लाख ८० हजार ९८४ पुगेको छ।

यो अवधिमा थप १५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ रहेको छ। 

पछिल्लो २४ घन्टामा थप ५ जनाको ज्यान गएको छ। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८ पुगेको छ।