काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ।
सेबोनको नियमन तथा व्यवस्थापन विभागले गत असार ६ गते थप ६ कम्पनी र असार १७ गते थप ३ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो।
स्वीकृति प्राप्त गर्ने कम्पनी तथा संस्थाहरुमा गौर नेपाल इन्भेस्टमेन्ट प्रालि, नबिल ब्यालेन्स्ड् फन्ड–३, पशुपति भेन्चर क्यापिटल लिमिटेड, समृद्धि फाइनान्स कम्पनी, कामना सेवा विकास बैंक, सिद्धार्थ व्यवस्थित लगानी योजना, प्रभर लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबि सरल बचत फन्ड–इ रहेका छन्।
योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनी तथा संस्थाहरुको संख्या १०९ पुगेको छ। यसअघि १०० कम्पनीलाई विभिन्न मितिमा सेबोनले यस्तो स्वीकृति प्रदान गरिसकेको छ।
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago