काठमाण्डौ  । थाइल्याण्ड हिजोआज आफ्ना लोकप्रिय राजा पूमीपोन अदून्यदेतको निधनको शोकमा छ । पूमीपोनको ८८ वर्षको उमेरमा गत साता निधन भएको थियो । 

पूमीपोन विश्वमै सबैभन्दा लामो शासन गर्ने राजाको सूचिमा अग्रस्थानमा दरिएका थिए । उनको निधनपछि थाइल्याण्डमा एकवर्षसम्म शोक मनाउने घोषणा भइसकेको छ । 

देशभर एकमहिनासम्म राष्ट्रिय ध्वजा आधा झुकाइनेछ भने सरकारले यो अवधिमा कुनै उत्सव नमनाउन नागरिकहरुमा अपील गरेको छ । 

यही बेलामा तपाईं थाइल्याण्डको भ्रमणमा जान खोजिरहनुभएको छ भने विशेष कुरामा ध्यान दिनुपर्ने हुन्छ । सबैभन्दा पहिलो यहाँ जाँदा लगाउने पोशाकमा विशेष ध्यान दिनुहोस् ।

पर्यटकहरुले यतिबेला थाई परम्परा र स्थानीय कानूनको समेत ख्याल गर्नुपर्ने हुन्छ । 

थाई सरकारले आफ्ना नागरिकहरुलाई दुःख व्यक्त गर्नका लागि कालो कपडाको मात्र प्रयोग गर्न अपील गरेको छ । यहीकारण हिजोआज जोसुकै व्यक्ति थाइल्याण्डमा कालो कपडामा भेटिने गर्छन् ।

थाइल्याण्डको यही कानून र शोकमा ऐक्यबद्धता जनाउँदै ब्रिटिस सरकारले थाइल्याण्ड घुम्न जाने आफ्ना नागरिकलाई भनेको छ–‘यदि संभव हुन्छ भने सार्वजनिक स्थानमा कालो कपडा नै प्रयोग गर्नु, जुन निकै सौम्य पोशाक पनि हो । स्थानीय मिडियाको खबरमा नजर लगाउनू । यस्तै स्थानीय अधिकारीको सुझाव समेत स्वीकार गर्नू ।’

बीबीसीका थाइल्याण्डस्थित संवाददाता जोन सडवर्थका अनुसार अहिले पनि ठूला समुन्द्री किनाराहरुमा चाहि स्वीमिङ सूट लगाउन सकिन्छ, तर स्थानीयको सल्लाह चाहि मान्नुपर्ने हुन्छ । 

सडवर्थका अनुसार मन्दिर वा शाही परिवारको यात्राको दौरान स्थानीय परम्परावाला कपडा नै लगाउनुपर्नेछ । 

एक सूत्रकाअनुसार थाइल्याण्डमा अब रेष्टुरेन्ट, बार अथवा सपिङ मलमा जाँदा समेत पोशाकमा पाबन्दी लाग्नसक्छ, यसकारण यस्ता सार्वजनिक स्थानहरुमा तपाईंले सही व्यवहार गर्नुपर्ने हुन्छ । 

यसअघि शाही परिवारका कुनै पनि सदस्यको निधन हुँदा त्यहाँका बार तथा मनोरञ्जनका अन्य साधन वा विकल्पहरु नै बन्द गरिन्थ्यो । साथै, दोकानहरुमा रक्सीको बिक्रीवितरणमाथि पनि प्रतिबन्ध लाग्थ्यो ।

थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रायुत चेन ओ चाले यसअघि नै भनिसकेका छन् कि देशमा आगामी ३० दिनसम्म मनोरञ्जनका सबै साधनहरुको कम उपयोग हुनेछ ।

साथैं, बैंककको बदनाम रेडलाइट एरियाका सेक्स वर्करहरुले पनि राजाको मृत्युपछि आफ्नो काम बन्द गरिदिएका छन् । 

थाइल्याण्डको नयाँ परिस्थितिको बिषयमा अष्ट्रेलियाको विदेश मन्त्रालयले भनेको छ–‘आगामी ३० दिनसम्म कुनै पनि उत्सव वा यस्ता व्यवहारबाट बच्न आवश्यक छ, जुन कुराबाट अनादरको भाव प्रदर्शन नहोस् ।’ 

बीबीसीका अनुसार अधिकांश थाई नागरिकलाई आफ्ना राजासँग जोडिएको बिषयमा भद्र प्रश्न गर्नुपर्छ, यस्ता प्रश्न गर्दा पर्यटक निकै सचेत र संवेदनशील बन्न आवश्यक हुन्छ । 

यदि थाइल्याण्डको यात्राको दौरान तपाईंले राजशाहीको अपमान गर्नुभयो भने तपाईं निकै ठूलो समस्यामा फस्न सक्नुहुन्छ । 

डच विदेश मन्त्रालयले पनि थाइल्याण्डको यात्रा गर्ने  आफ्ना नागरिकहरुलाई अपील गर्दै भनेको छ कि शाही परिवारको आलोचनाबाट बच्नू ।

पर्यटकहरुलाई यो पनि सल्लाह दिइराखिएको छ कि आफ्नो परिचयपत्र हमेशा आफैंसँग राख्नुहोस्, थाइल्याण्डमा राजशाहीसँग जोडिएको कानून निकै कडा र कठोर छ । 

यदि कोही कसैलाई राजा, रानी वा फेरि उनका उत्तराधिकारी  वा उनका प्रतिनिधिको प्रतिष्ठामाथि  ठेस पुर्याउने, अपमान गर्ने वा खतरा उत्पन्न गराउने मामलामा दोषी पाइए, त्यस्ता पर्यटकलाई १५ वर्षसम्मको कैद सजाय हुनसक्छ ।

तस्विरहरु : रोयटर्स र एएफपी