काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले बिटकाइनमा आफ्नो कम्पनी टेस्लाबाट गरिएको लगानी सही साबित भएको बताएका छन्।
मस्कको यस्तो बयानले हिजो शुक्रबार बिटक्वाइनको मूल्य प्रतिइकाइ ५४ हजार डलर माथि पुगेको छ। साथै यसको बजार पुँजीकरण पहिलोपटक १ ट्रिलियन डलर पार गरेको छ।
हिजो शुक्रबार बिटक्वाइनको मूल्य ५.५ प्रतिशतको बढोत्तरी ५४४०५ डलर पुगेको छ। यो सातामात्रै बिटक्वाइनको मूल्यमा ११ प्रतिशत तथा फेब्रुअरीको अहिलेसम्म ६४ प्रतिशतको बढोत्तरी भइसकेको छ।
मस्कको कम्पनी टेस्लाले विश्वकै सबैभन्दा ठूलो तथा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनमा १.५ अर्ब डलर लगानी गरेको छ। मस्कले बिहीबरा ट्विट गर्दै भनेका छन्, ‘यद्यपि जब फिएट करेन्सीको रियल इन्ट्रेस्ट नेगेटिभ हुन्छ तब कोही मूर्ख मानिसले मात्र दोस्रो विकल्प देख्दैन। बिटक्वाइन पनि लगभग फिएट मनीजस्तै हो।’
दक्षिण अफ्रिकामा जन्मेका र पेसले इन्जिनियर मस्कले बिटक्वाइनमा टेस्लाको लगानीको बचाव गरेका छन्। उनले भनेका छन् कि बिटक्वाइन नगदभन्दा फरक छ र यही अन्तरले यो क्रिप्टोकरेन्सीलाई सनसनीपूर्ण बनाएको छ। त्यही कारण टेस्लाले बिटक्वाइनमा लगानी गरेको उनको भनाइ छ। – एजेन्सी
4 hours ago
4 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
10 hours ago