काठमाण्डौ। अनरको आधिकारिक बिक्रेता सेलट्रोन नेपालले दराज ११ः११ का अवसरमा विभिन्न प्रकारका आकर्षक अफर लिएर आएको छ। 

नोभेम्बेर ११ देखि सुरुआत हुन गइरहेको दराज ११ः११ का लागि अनरले छुट तथा उपहार को अफर लिएर आएको हो।

११ः११ को मुख्य आकर्षण फ्री गिफ्ट हो। त्यसैले अनर नेपालले आफ्ना फोन खरिदमा आकर्षक निःशुल्क उपहार दिएर मानिसलाई आकर्षित गर्न अगाडि आएको छ। अनर एक्स७, अनर एक्स८ वा अनर ५० लाइटको कुनै पनि खरिदमा अनर इयरबड्स एक्स३ लाइट निःशुल्क पाउनेछन्। यसका साथै अनर एक्स९ को खरिदमा अनर ब्यान्ड ६ निःशुल्क पाउनेछन्।

यसैगरी अनरले आफ्ना एसेसरिजमा पनि आकर्षक छुट दिएको छ। रु. ५हजार ४९०  मूल्यको अनर इअरबड्स एक्स३ लाइट मात्र रु. ४ हजार ४९० मा प्राप्त गर्न सकिनेछ भने रु. ६ हजार ४९० मूल्यको अनर ब्यान्ड ६ मात्र रु. ५ हजार ४९० मा प्राप्त गर्न सकिनेछ।