काठमाण्डौ । नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको छ। 

आयातका क्रममा प्राप्त हुने प्रतीतपत्र देखाउन नसकेकै कारण लामो समयदेखि यात्री मोटरसाइकल दर्ता हुन सकेको थिए। नेपालमै उत्पादित सवारीसाधनको दर्ता प्रक्रियामा रहेको अन्योलता हटेसँगै यात्री मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको हो। 

यसअघि संघीय सरकारबाट यातायात तथा सवारी ऐन–२०४९ र २०७४ मा संशोधित यातायात व्यवस्थापन निर्देशिका, २०६० ले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरेको छ। यो निर्देशिकामा संशोधन भएसँगै नेपालमै उत्पादित यात्री मोटरसाइकलको दर्ता सुरु भएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) बिल र अन्तःशुल्क निकासी फारमका आधारमा यात्री मोटरसाइकल दर्ता भएका छन्। 

यातायात व्यवस्था कार्यालय गुर्जुधारामा पी–१को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको छ । यात्रीले सन् २०२२ देखि व्यावसायिक रुपमा मोटरसाइकलन उत्पादन थालेको थियो। तर, दर्ता गर्न नपाउँदा केही महिनाअघि उत्पादन बन्द भएको थियो।