काठमाण्डौ । कोरोनाभाइरसको महामारीसँगै ध्वस्त सेयर बजार जोगाउनका लागि सेयर लगानीकर्ता दबाब समूूहले लकडाउन खुुल्ने बित्तिकै नेपाल धितोपत्र बोर्ड जावलाखेलमा आमरण अनसन सुुरु गर्ने चेतावनी दिइसकेको छ ।

दवाब समूूहले सेयर बजारको विस्तार र सुुधारका निम्ति भन्दै आमरण अनसन बस्न लागेको दोश्रो पटक हो । 

यसअघि  दवाब समूूहका नेता तिलक कोइराला र हरि ढकालले सरकारलाई आमरण अनसन बसेरै घुुँडा टेकाएका थिए । तत्पश्चात सरकारले कमिटी नै गठन गरेर सम्बन्धित निकायहरुलाई २०७६ साल असार मसान्तभित्र ५८ बुुँदे निर्देशन दिन बाध्य भएको थियो ।

सेयर बजारमा निकै आक्रामक रुपमा छोटो समयमा आम लगानीकर्ताहरुको ढुुकढुकी बन्न सफल दवाब समूूहलाई अन्य लगानीकर्ता संघसंगठनको चाहिँ कस्तो समर्थन रहला ? 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले  आन्दोलनमा नैतिक समर्थन रहने प्रतिबद्धता जाहेर गरेका छन् । नियामक निकायहरुबाट कार्यान्वयन पक्ष फितलो भएको जिकिर गर्दै यो आन्दोलनको सफलताका लागि उनले शुुभकामना समेत दिएका छन्।

यद्यपि सेयर बजारको विकास तथा विस्तारका लागि आन्दोलन गर्ने नजिर भने राम्रो नभएको उनको धारणा छ । 

‘विश्वभरि नै रेस्क्यूू भइरहेका बेला बजेटमा पूूँजीबजारका लागि कुुनै राहत नआउनु लगानीकर्ताहरुका लागि दुुर्भाग्यपूूण हो।’उनले बिजशालासँग भने–‘तर म आन्दोलनलाई अन्यथा लिँन्न । यो आन्दोलन स्वभाविक छ । आम लगानीकर्ताहरुको माग स्थापित हुने विषयमा आन्दोलन केन्द्रित रहेकाले हाम्रो पनि साथ हुुनेछ।’

लगानीकर्ताहरु कोरोनाभाइरसबाट मर्माहत  रहेका र यहीबेला दवाब समूूहले आफ्नै ढंगबाट आन्दोलन घोषणा गरेकोमा रौनियार खुुशी छन्। 

नियामक निकायहरुलाई इमेलमार्फत् वा आफैं गई बारम्बार  ढोका घचघच्याउँदा पनि माग सम्बोधन नभइरहेको र यसमा नेप्सेले पूर्ण अनलाइन सेयर कारोबारमा लगानीकर्ताहरुलाई धोकाधडी गरेकोमा सबैभन्दा रुष्ट बनेको उनको जिकिर छ ।

‘अर्थमन्त्री डा.युुवराज खतिवडाले पनि सेयर बजारलाई पूूर्ण रुपमा बेवास्ता गर्नुुभयो।’ रौनियार भन्छन्–‘नियामक निकायहरुले बोल्ड डिसिजन गरेर आवश्यक वातावरण बनाउने बेला भइसकेको होइन र?’