काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूूहले २५ बुुँदे मागहरु नेपाल धितोपत्र बोर्डसमक्ष पेश गर्दै दुुई घण्टा छलफल गरेको छ ।

बोर्ड र दवाब समूूहबीच भएको वार्ता निकै सकारात्मक रहेको दवाब समूूहका महासचिव नयन बास्तोलाले बिजशालालाई जानकारी दिए । 

‘आवश्यक केही व्यवस्था र जायज मागहरुको सम्बोधन गरी बजार खुुलाउने पक्षमा नै बोर्ड रहेको रहेछ।’बास्तोलाले भने–‘बैंक इण्टीग्रेसनसहितको फुुल फेज अनलाइन प्रणालीबाटै धितोपत्र कारोबार गर्न नेप्सेलाई बोर्डले पत्राचार गर्ने बताएको छ । ५ प्रतिशत पूूँजीगत लाभकर अन्तिम कर नै भएको अर्थमन्त्रालयले बोर्डलाई सर्कुुलर मात्र पठाउन बाँकी रहेको बोर्डबाट जानकारी आयो ।’ 

तत्कालै ब्रोकरहरुलाई सब–ब्रोकरमार्फत् गाउँगाउँमा दोस्रो बजार पुुर्याइने प्रतिबद्धता बोर्डबाट आएको र बैंकलाई ब्रोकर लाइसेन्सका लागि पहल गरिने बताइएको समेत उनले जानकारी दिए । 

बजार खुुल्नुुअघि मागहरु सम्बोधन नभएमा आमरण अनसनको पूर्वघोषित कार्यक्रम नरोकिने बास्तोलाको दाबी छ । 

दवाब समूूहले आफ्ना २५ बुुँदे मागहरु बोर्डसमक्ष पेश गरेको थियो । सोही विषयमा बोर्डका अधिकारीहरुसँग २ घण्टासम्म छलफल भएको थियो । 

छलफलमा बोर्डका तर्फबाट अध्यक्ष भीष्मराज ढुुंगाना, कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल र निरज गिरी सहभागी थिए भने सेयर लगानीकर्ता दवाब समूूहका संयोजकको नेतृत्वमा नयन बास्तोला, नवराज उप्रेती, पवित्र ज्ञवाली, सोमप्रसाद सुुवेदी, रमेशकुमार ढकाल, पुुरुषोत्तम ढकाल, कमल अर्याललगायतका लगानीकर्ताहरु बैठकमा सहभागी थिए ।