काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपालीहरुको महान चाड विजयादशमी २०७८ को अवसरमा क्यासब्याक योजना ल्याएकोे छ । 

यस क्यासब्याक योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका सम्पूर्ण मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशनमार्फत दक्षिणा दिन असोज २९ गते विजया दशमीका दिन बिहान १० बजेदेखि दिनको १ बजेसम्म “DASHAIN DAKSHINA” लेखी ब्यालेन्स ट्रान्सफर गर्दा रु. ५० क्यासब्याक पाउनेछन् । 

बैंकले यसअघि पनि यस्ता विशेष उत्सव र अफरहरुमा ग्राहकहरुलाई लाभ हुने यस्ता आकर्षक स्किम सार्वजनिक गर्दै आएको थियो ।