काठमाण्डौ । राजधानीमा दसैँका लागि आजबाट सुुपथ मूल्मा खसीबोका तथा च्यांग्रा बिक्रीवितरण सुुरु भएको छ। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थितबाट सुुपथ मूल्यमा खसीबोका तथा च्यांग्रा बिक्री वितरण सुुरु गरेको हो।

पहिलो दिन नै खसीबोका तथा च्यांग्रा खरिद गर्ने ग्राहकहरुको भीडभाड लागेको छ। कम्पनीले खसीबोका तथा च्यांग्रामा प्रतिकेजी १० रुपैयाँ छुुट दिएको छ। कम्पनीले खसी (जिउँदो) को छुुटपछिको बिक्री मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ कायम गरेको छ। बोका जिउँदोको मूल्य पनि ६ सय ७० रुपैयाँ नै कायम रहेको कम्पनीले जनाएको छ।

यस्तै च्यांग्रा (जिउँदो) साविकको बिक्री मूल्य प्रतिकेजी १ हजार २६० रुपैयाँ रहेकोमा १० रुपैयाँ छुुट दिइएको छ। च्यांग्राको मूल्य १ हजार २५० रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ। बाहिरी बजारबाट खरिद गर्दा चर्को मूल्य तिर्नुपर्ने बाध्यताकाबीच सर्वसाधारणहरुको सुुुपथ मूल्य पसलमा आकर्षण बढ्ने गर्दछ। राजधानीका विभिन्न स्थानबाट सर्वसाधारण थापाथली पुग्ने गरेका हुन्।