काठमाण्डौ । दसैँका लागि सरकारले भोलि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्दैछ। 

यातायात व्यवस्था विभागले दसैँ मान्न घर जाने यात्रुका लागि भोलिबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यो निर्णय यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँग विभागमा भएको बैठकपछि लिइएको हो। 

दसैँ मान्न उपत्यका छाड्नेको संख्या सुरु हुन थालिसकेको छ। जागिर, व्यवसाय र अध्ययनका लागि काठमाण्डौमा बसोबास गर्नेको संख्या ठूलो रहेको छ। दसैँमा ठूलो संख्याले राजधानी छाड्ने हुँदा टिकटको सहज व्यवस्थापनका लागि भोलिबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको विभागका एक अधिकारीले बताए। 

अग्रिम टिकट बुकिङ खुला हुने भएपछि सरकारले यसअघि समायोजन गरेको भाडादर नै कायम गरेको छ। सरकारले गत असारदेखि सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको छ। 

यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको थिए। हाललाई सोही समायोजित भाडादर लागू हुने विभागले जनाएको छ। 

यस्तो रुटअनुसारको भाडादर -