काठमाण्डौ । ग्राहकको सुविधालाई ध्यानमा राखी प्रभु बैंकले दसैँको बिदा (टीको दिनबाहेक) मा उपत्यका र उपत्यकाबाहिर ३२ वटा शाखा सञ्चालनमा ल्याउने भएको छ।

प्रभु बैंकले असोज २६ गतेदेखि असोज ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यी शाखा सञ्चालन गर्ने भएको हो। असोज २९ गते दसैँको टीकाका दिन भने सबै शाखाहरु बन्द रहनेछन्। 

बैंकले उपत्यकाभित्र ५ र उपत्यकाबाहिर २७ वटा शाखा दसैँको बिदाका दिन पनि खोल्नेछ। दसैँको बिदाका दिन यी शाखामा निक्षेप जम्मा, चेक चुक्तानी (बढीमा दैनिक १ लाख रुपैयाँसम्म) र रेमिट्यान्स रकम बढीमा ५० हजार रुपैयाँ (सोभन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न पाउने) जस्ता कार्य हुनेछन्। 

हेर्नुहोस् दसैँको बिदाका दिन कुन–कुन शाखा खुल्नेछन्–