काठमाण्डौ । विश्व प्रसिद्ध दाहुवा ब्रान्डका सीसी क्यामेरा खरिद गर्दा ग्राहकले ५०० रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्मका उपहार पाउने भएका छन्। 

नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्ट प्रालिले ग्राहकका लागि स्क्र्याच कार्डमार्फत हात खाली नजाने उपहार आयोजना सार्वजनिक गरेको हो। यस कम्तीमा ३० हजार रुपैयाँबराबरको सीसी क्यामेरालगायत सुरक्षा उपकरण खरिद गर्ने ग्राहक यो योजनामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ।

यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ मेसिन, फ्रिज, इन्डक्सन चुल्हो, मिक्सचर, ग्राइन्डर,स्मार्ट मोबाइलदेखि हात खाली नजाने १ हजार रुपैयाँ, ७५० रुपैयाँ र ५०० रुपैयाँ नगद उपहारसमेत पाउनेछन्। 

दाहुवा सीसीटीभी एवं सुरक्षा उपकरणहरु युरोप तथा अमेरिकामा अत्याधिक मन पराइएको ब्रान्ड हो। नेपालमा यसको सुरुआती मूल्य २५ हजार रुपैयाँ कायम गरिएको छ।