काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ करोड १७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी भने २३.२७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्री कम्पनीले ५ करोड २८ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ६ करोड ५१ लाख रुपैयाँ भएको छ।
अन्य स्रोतको आम्दानी भने १ करोड १ लाख रुपैयाँबाट घटेर ४ लाख ४१ हजार रुपैयाँमा सीमित बनेको छ।
चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २१ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ १९ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको थियो।
कम्पनीको वार्षिकीकृत ईपीएस ४.४४ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ १७.१७ रुपैयाँ रहेको रहेको कम्पनीको तरलता अनुपात ०.१४ प्रतिशत रहेको छ।
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago