काठमाण्डौ । लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज मंगलबार २३ पैसाले बढेको छ।

विश्व महामारी कोरोनाभाइरसले एकातिर विश्व अर्थतन्त्र डामाडोल भइरहेको बेला अमेरिकी मुद्रा बलियो बन्दै गएको छ। जसका कारण अमेरिकी मुद्राको तुलनामा नेपाली मुद्रा कमजोर बनिरहेको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.१६ रुपैयाँ र बिक्रीदर १२२.७६ रुपैयाँ कायम गरेको छ। यो दर गत अप्रिल १८ तारिखको तुलनामा २३ पैसाले बढी हो। 

गत अप्रिल १८ मा प्रतिडलर खरिददर १२१.९३ रुपैयाँ र बिक्रीदर १२२.५३ रुपैयाँ कायम भएको थियो। यो दिन डलरको भाउ ७५ पैसाले घटेको थियो। 

त्यसपछि अप्रिल २० सम्म डलरको भाउ स्थिर रहँदै प्रतिडलर खरिददर १२१.९३ रुपैयाँ र बिक्रीदर १२२.५३ रुपैयाँ नै कायम रहेको थियो। 

गत अप्रिल १७ तारिख (शुक्रबार) डलरको विनियम दर नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६८ रुपैयाँ र बिक्रीदर १२३.२८ रुपैयाँ कायम भएको थियो। 

सर्वाधिक उचाइमा पुगेको डलरको भाउ भोलिपल्ट अप्रिल १८ तारिखमा ७५ पैसाले घटे पनि पुनः दुई दिन स्थिर रहँदै आज मंगलबार फेरि २३ पैसाले बढेको हो।