काठमाण्डौ। लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउमा गिरावट आउन थालेको छ।

गत शनिबार उकालो लागेर दुई दिन स्थिर बनेको डलरको भाउमा मंगलबार र बुधबार गिरावट आएको हो। डलरको भाउमा बुधबार ८ पैसा र मंगलबार ३४ पैसाको गिरावट आएको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.६१ रुपैयाँ र बिक्रीदर १२२.२१ रुपैयाँ कायम गरेको छ। यो भाउ हिजोको तुलनामा ३४ पैसाले कम हो।

हिजो मंगलबार प्रतिडलर खरिददर १२१.६९ रुपैयाँ र १२२.२९ रुपैयाँ कायम भएको थियो। यो दिन अघिल्लो दिनको तुलनामा ८ पैसाले डलरको भाउ घटेको थियो। 

गत सोमबार र आइतबार डलरको भाउ स्थिर रहेको थियो। यो दुवै दिन प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँ कायम भएको थियो। जब गत शनिबार ६१ पैसा भाउ बढ्दै प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँको उचाइमा पुगेको थियो। 

डलरको भाउले गत बुधबार अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो। 

विश्वमहामारी कोरोनाभाइरसले अमेरिकी अर्थतन्त्र र स्वास्थ्य क्षेत्र निकै प्रभावित भइरहेको बेला डलरको भाउ बलियो बन्दै गइरहेको छ। डलरको भाउ बलियो बन्दा नेपाली मुद्रा भने कमजोर बनिरहेको छ।