काठमाण्डौ । गत वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई बैंक र दुई फाइनान्स कम्पनीको सेयरमूल्य सोमबार समायोजन गरेको छ ।

नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक, युनाइटेड फाइनान्स र जानकी फाइनानस लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता नेपाल इन्भेस्टमेन्ट बैंकको ३९१.८६ रुपैयाँ, प्राइमको २४०.५२ रुपैयाँ, युनाइटेडको १७१.८४ र जानकीको १६३.११ रुपैयाँ कायम भएको छ ।

गत आर्थिक वषका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले १०.५ प्रतिशत, प्राइमले १६ प्रतिशत, युनाइटेडले ३ प्रतिशत र जानकीले २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन् । 

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो ३३ औँ वार्षिक साधारणसभा काठमाण्डौ राष्ट्रिय सभागृहमा यही पुस २८ गते गर्दैछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको लाभांश र मर्जर प्रक्रियामा जाने मुख्य अजेन्डाहरु प्रवेश पाउने छन् ।

सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १९ प्रतिशत लाभांश पारित हुनेछ । जसमा १०.५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

प्राइम कमर्सियल बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा पुस २५ गते राष्ट्रिय सभागृहमा गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

युनाइटेड फाइनान्सको २५ औँ वार्षिक साधारणसभा पुस २९ गते काठमाण्डौको बबरमहलस्थित कार्की बैंक्वेटमा हुँदैछ । 

सभामा मुख्य अजेन्डाका रुपमा राखिने गत वर्षको मुनाफाबाट संस्थाले आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको कुल १०.५२ प्रतिशत लाभांश अनुमोदन हुनेछ ।

संस्थाले हाल कायम चुक्ता पुँजी १ अर्ब १ करोड ५ लाख १९ हजार १०० रुपैयाँको ७.५२ प्रतिशतले हुन आउने ७ करोड ६० लाख ५४ हजार ८५६.६२ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ३ प्रतिशतले हुन आउने ३ करोड ३ लाख १५ हजार ५७२.२२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी जानकी फाइनान्सको २३ औँ वार्षिक साधारणसभा पुस २४ गते धनुषाको जनकपुरधामस्थित होटल मानकी इन्टरनेसनलमा हुँदैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तापुँजीको कुल २३.१६ प्रतिशत लाभांश पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी २२ प्रतिशतले हुन आउने १० करोड ८२ लाख ७० हजार ८६६ रुपैयाँबराबरको बोनस सेयर र १.१६ प्रतिशतले हुन आउने ५१ लाख ९८ हजार ४६७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।