काठमाण्डौ । दुुई लघुवित्त बित्तीय संस्था(माइक्रोफाइनान्स)ले दर्जनौ पदमा जागिरको अवसर खुलाएका छन् । 

तनहुँको डूम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त बित्तीय संस्था लिमीटेडले शाखा प्रमुखदेखि कनिष्ठ सहायकसम्मका पदका लागि दर्जनौ कर्मचारी मागेको छ । यो कम्पनीले शाखा प्रमुख, सहायक तथा कनिष्ठ सहायक र कनिष्ठ सहायक(प्रशिक्षार्थी) पदमा कर्मचारी मागेको हो । 

शाखा प्रमुखका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा कम्तीमा २ वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा ४ वर्ष काम गरेको हुनुपर्नेछ । यस्तै, वरिष्ठ सहायक पदका लागि स्नातक तह उतीर्ण गरी लघुवित्तमा १ वर्ष काम गरेको वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ । 

सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक(प्रशिक्षार्थी)का लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाले आवेदन दिनसक्ने लघुवित्तले जारी गरेको सूचनामा उल्लेख छ । यो लघुवित्तले १० जिल्लामा १३ वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । 

यता, वोमी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटडले समेत दर्जनौ कर्मचारी मागेको छ ।

यो कम्पनीले एरिया वा विभागीय प्रमुख(अधिकृत स्तर)का केही कर्मचारी मागेको छ । स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा ४ वर्ष काम गरेको वा शाखा प्रमुख भई कम्तीमा ३ वर्ष कार्य गरेकोले यो पदमा आवेदन दिनसक्नेछ । 

यस्तै, केही संख्यामा शाखा प्रमुख र प्रशिक्षार्थी सहायक समेत मागिएको छ । कनिष्ठ अधिकृत वा वरिष्ठ सहायक स्तको शाखा प्रमुखका लागि कुनै पनि बिषयमा स्नातक उतीर्ण गरी लघुवित्तम २ वर्षको कार्यानुुभव भएको वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भई लघुवित्तमा ५ वर्ष काम गरेकोले आवेदन दिनसक्ने बताइएको छ । प्रशिक्षार्थी सहायकका लागि कम्तीमा सी ग्रेडमा एसएलसी वा सोसरहको परीषा उत्तीर्ण भएको हुनुपर्नेछ । आवेदन फारम सो संस्थाको वेबसाइटबाट प्राप्त गर्न सकिने बताइएको छ ।