काठमाण्डौ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुई वर्षपछि ट्विटरले प्रतिबन्ध फुकुवा गरेको छ। एक सर्वेक्षण प्राप्त मतपरिणामका आधारमा ट्विटरमा ट्रम्पमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको हो।
ट्विटरका नयाँ मालिक एलन मस्कले एक सर्वेक्षण गर्दै सर्वसाधरणलाई एक प्रश्न सोधिएको थियो। डोनाल्ड ट्रम्पको ट्विटर खोलिनुपर्छ वा पर्दैन ? भन्ने प्रश्नमा सर्वसाधरणलाई पक्ष र विपक्षमा मत गर्न भनिएको थियो।
मत सर्वेक्षणमा ५१.८ प्रतिशतले ट्रम्पको पक्षमा मतदान गरेका थिए भने ४८.२ प्रतिशले ट्रम्पको विपक्षमा मत जनाएका थिए। यही मत सर्वेक्षणका आधारमा एलन मस्कले ट्रम्पप्रतिको फुकुवा खोल्ने निर्णय भएको जनाएका छन्।
ट्विटरले गत ६ जनवरी २०२१ बाट ट्रम्पले ट्विटरको दुरुपयोग गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो। ट्रम्पका हाल ट्विटरमा ५२.३ मिलियन फलोअर्स छन्।
चुनावी दौडमा ट्रम्पले अन्य मिडियालाई फेक मिडियाको आरोप लगाउँदै लगतार ट्विट गरेपछि उनी विवादमा परेका थिए। –एजेन्सी
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago