काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइने घोषणा गरेका छन्।
धितोपत्र बोर्डको आज ३१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो घोषणा गरेका हुन्। ‘एलओआई पाएका सबै कम्पनीलाई दुई महिनाभित्र लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याउँछौँं’, उनले भने।
आगामी आर्थिक वर्षभित्र कमोडिटिज एक्सचेन्ज पनि सञ्चालन गर्ने धितोपत्र बोर्डको योजना रहेको अध्यक्ष हमालले सुनाए। ‘आईपीओ ४५ दिनभित्रै स्वीकृत हुने वातावरण निर्माण गर्नेछौँ’, उनले भने।
धितोपत्र बोर्डका सबै कामलाई विद्युतीय तथा स्वचालित बनाउने योजना रहेको पनि हमालले बताए। ‘हाम्रा सबै काम अब पेपरलेस बनाउँदै लग्ने छौँ’, उनले भने।
हमालका अनुसार लगानीकर्ताको क्षमता र चेतना बढाउन क्यापिटल मार्केट इन्चिच्युट पनि बनाउने धितोपत्र बोर्डको योजना रहेको छ।
21 minutes ago
34 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago