काठमाण्डौ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ। 

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी दुवै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि मंगलबार (चैत ४) गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज (चैत ३) गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन्। 

महिला सहयात्रा लघुवित्तले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश यही २२ गते डाकिएको वार्षिक साधारणसभाबाट पारित हुनेछ। 

त्यस्तै नेपाल इन्स्योरेन्सले चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र २.८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश यही चैत २१ गते डाकिएको वार्षिक साधारणभसाबाट अनुमोदन हुनेछ।