काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई कम्पनीको ११ लाख ६० हजार बढी कित्ता थपिएको छ। 

नेप्सेमा आईसीएफसी फाइनान्स र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका बोनस सेयरहरु सूचीकृत भएका छन्। 

आईसीएफसी फाइनान्सले आफ्ना सेयरधनीहरुका लागि जारी गरेको कुल ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो कम्पनीको चुक्तापुँजीको १०.५ प्रतिशतबराबर हुन आउँछ। 

यसैगरी स्पर्श लघुवित्तले सेयरधनीहरुलाई वितरण गरेको कुल १ लाख ८२ हजार ८०८.९७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। यो संस्थाको चुक्तापुँजीको १९.५ प्रतिशतबराबर हुन आउँछ।