काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले स्वावलम्बन र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजनपछि स्वावलम्बनको प्रतिकित्ता १ हजार ६६५ रुपैयाँ र सबैको लघुवित्तको १ हजार २२९ रुपैयाँ कायम भएको छ। यसअघि यी दुवै लघुवित्तको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ९८२ रुपैयाँ र १ हजार ३५८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवै लघुवित्तको सेयर कारोबार खुल्नेछन्।

गत अर्थिक वर्षको मुनाफाबाट स्वावलम्बन लघुवित्तले १९ प्रतिशत र सबैको लघुवित्तको १०.५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेका छन्। प्रस्तावित लाभांश स्वावलम्बनको आउँदो चैत ११ गते र सबैको लघुवित्तको चैत १४ गते हुने वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 

यी दुवै लघुवित्तले आज (फागुन २८ गते) बाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गरेका छन्। यसको अर्थ फागुन २६ गते (फागुन २७ गते महाशिवरात्रिको बिदा) सम्म कायम सेयरधनीहरुबाट लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।